काठमाडौं, भदौ ८ गते ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभा सचिव सुदर्शन खड्काले अनलाइनखबरलाई जानकारी दिए ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको ३ भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेससँगको सहकार्य टुटेपछि अहिले प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ ।
नेकपासँग नयाँ सहमति भएसँगै मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरी नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार शपथ खुवाइ सकेका छन् ।





