काठमाडौं, भदौ ९ गते ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।
निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । देउवा समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार श्रेष्ठ निवेदन लिएर गएका थिए ।
सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ ।
अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो ।





