गोरखा जोड्ने तीन झोलुंगे पुल त्रिशूलीले बगायो



गोरखा, भदौ १० गते ।

रसुवा बाढीका कारण गोरखा जोड्ने तीन वटा झोलुङ्गे पुल त्रिशूली नदीले बगाएको छ ।

गोरखाको गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चरौँदी जोड्ने, गण्डकी गाउँपालिका–७ बुट्टार र धादिङको चौकीटार जोड्ने पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको डिएसपी राजकुमार श्रेष्ठले बताए।

Scroll to Top