बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने



काठमाडौँ, भदाैं ११ गते । 

चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।

बुधबार राति ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ भने सडक, विद्युत् आयोजना र खानेपानी जस्ता भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

बाढी प्रभावित र जोखिममा परेकाहरूको सङ्ख्या अत्यधिक भएकाले आज (बिहीबार) बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने भएको हो ।

Scroll to Top