प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग



काठमाडौं, भदौ १५ गते ।

झापाको मेचीनगर–४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ ।

राष्ट्र र नागरिकमाथि परेको यस कठिन घडीमा कम्पनी र कर्मचारीहरूको सामूहिक ऐक्यबद्धता एवं सामाजिक उत्तरदायित्वस्वरूप उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।

Scroll to Top