जलविद्युत आयोजनाको सुरुङमा यसरी हुँदैछ उद्धार प्रयास



काठमाडौं, भदौ १६ गते ।

नेपाली तथा विदेशी विज्ञसहितको सुरक्षाकर्मीको टोलीले रसुवा बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी राखेका छन्।

सैनिक निर्देशनालयका अनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलमा विदेशीसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको हो। चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिएको छ।

त्रिशूली–३ए आयोजनामा टनेल हेड फेला परेपछि कम्प्रेसरबाट हावा दिने, टनेलभित्रको पानी निकाल्ने तथा तीन वटा एक्स्काभेटर प्रयोग गरे वैकल्पिक बाटो बनाउने काम भइरहेको छ।

त्रिशूली–३बी आयोजनामा पनि विज्ञसहितको टोली टनेलको प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटर प्रयोग गरी खन्ने काममा भइरहेको छ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ।

Scroll to Top