द पब्लिक टुडे
गौशाला, भाद्र २२ गते ।
पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४, तुलसी बर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन् ।
जबरजस्ती करणी मुद्दामा तेलीलाई १० वर्ष कैद तोकिएको थियो । कैद सजाय पाएपछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारी पर्साबाट खटिएको प्रहरी टोलीले भदौ २० गते दिउँसो नियन्त्रणमा लिएको थियो ।
तेलीलाई प्रहरीले आफ्नै घरबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया अगाडि बढाएको छ ।





