बसले ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

File Photo



विराटनगर, भदौ ३० गते ।

मोरङको बूढीगंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवल्दार बूढीगंगा–४ घर भएका ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले साँझ ६स्५२ बजेतिर खड्कालाई मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) स्वर्णकट्टी सप्तरीमा कार्यरत थिए ।

बसका चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Scroll to Top