कांग्रेस-नेकपा-जसपा कार्यकर्ताबीच कुटपिट, प्रहरी सहित दर्जनौं घाइते

द पब्लिक टुडे
बर्दिवास, भदौं १४ गते । सिरहामा कांग्रेस-नेकपा-जसपाका कार्यकर्ताबीच कुटपिट हुँदा प्रहरी सहित दर्जनौं घाईते भएका छन् ।

जिल्लाको सीमावर्ती भगवानपुर र बरियारपट्टि गाउँपालिकामा समान्य विवादमै शनिबार र शुक्रबार राति कुटपिट भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट दुई प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन्। त्यसमध्ये गम्भीर घाइते भएका केहीलाई विराटनगर रिफर भएका छन् भने केही स्थानीय अस्पतालमै उपचार गराएर घर फर्केका छन् ।

शनिबार दिउँसो गर्मी लागेको बेला भगवानपुर गाउँपालिका २ लहरास्थित छहारीमा बस्ने विषयमा विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ। जसमा दुवै पक्षको २२ जना घाइते भएका छन्। उनीहरुमध्ये अधिकांश थप उपचारका लागि लहानबाट विराटनगर रेफर गरिएको छ।

नेकपाका दुनियालाल यादव र जसपाका जसिलाल यादव पक्षबीच कुटाकुट भएको हो । घटना नेकपा र जसपा कार्यकर्ताबीच भएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले जानकारी दिए। उनीहरुमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेभएकामध्ये दुनियालाल वडा तथा न्यायिक समिति सदस्य हुन्।

डाक्टरले सिटी स्कान लेखेर लहानबाट विराटनगर रेफर गरेका छन्।

यसैगरी शुक्रबार राति सीमावर्ती बरियारपट्टि गाउँपालिका १ कचनारी गाउँस्थित जसपा र कांग्रेस कार्यकर्ताबीच धान खेतमा पानी लगाउने विषयमा विवाद भएका छन्। विवाद बढ्दै जाँदा कुटपिट कुटपिटमा परिणत भएको थियो । कुटपिटबाट दर्जनौँ व्यक्ति घाइते भएका छन्। झगडा छुटाउन गएका दुई प्रहरी जवानमा पनि घाइते भएका छन्।

दुवै पक्ष अहिले घाइते भएर उपचारमा छन्। कसैले पनि प्रहरी उजुरी दर्ता गराएको छैन्। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले बताएका छन् ।