ढल्केवरका एक गरिब परिवारलाई क्रियाखर्चको लागि आर्थिक सहयोग

ढल्केवर, असोज २ गते । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका एक एक गरिव परिवारलाई वडाकार्यालयले क्रियाखर्चको लागि आर्थिक सहयोग गरेको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष भक्त बहादुर बलम्पाकीले गरिव तथा अतिविपन्न एक परिवारलाई हिन्दुधर्म अनुसार क्रिया गर्न आर्थिक सहयोग गरेका हुन् ।

मिथिला नगरपालिका–६ ढल्केवर घर भएका श्याम ठाकुरको परिवारलाई वडाध्यक्ष बलम्पाकीले क्रियाखर्चको लागि १० हजार रुपैया उपलब्ध गराएका छन् । वडा कार्यालयको तर्फबाट उपलब्ध गराएको सो रकम शुक्रवार वडाध्यक्ष वलम्पाकीले ठाकुरको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

ठाकुरको गत शनिवार प्रादेशिक अस्पताल जनकपुमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको ढल्केवरका स्थानीय युवाहरुको सहयोगमा उपचार भईरहेको थियो । श्यामको निधनपछि विक्षिप्त परिवारलाई राहत स्वरुप वडाले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

परिवारको अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि क्रिया खर्च गर्न १० हजार रुपैया सहयोग गरेको वडाध्यक्ष वलम्पाकीले जानकारी दिए ।

रकम हस्तान्तरण गर्न वडाका वडासदस्यद्य सिताराम महतो र सुमित्रा दाहाल, पडा कार्यालयका वडासचिव, वडा कार्यालयका कर्मचारी युवराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।