दीपक कर्ण-
जनकपुरधाम, चैत्र ९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१३ का वडा अध्यक्ष शुभनारायण मण्डलको घरमा प्रहरीले घेरा हाली खानतलासी गरेको छ । प्रहरीले बिना पुर्जी घरमा प्रवेश गरी बिनाकुनै सूचना गैरकानुनी तरिकाले घर खानतलासी गरेको वडा अध्यक्ष मण्डलले दुःखेसो पोखेका छन ।
उनले प्रहरी आफ्नो घरमा पसि परिवारलाई अनावश्यक दबाब दिएको समेत बताए । वडा अध्यक्ष मण्डलले संकटकाल लगाइए जस्तै प्रहरी प्रशासन आफ्नो घरमा आएर तान्डव नृत्य प्रदर्शन गरेको जिकिर समेत गरेका छन ।
प्रहरी प्रशासनबाट भएको यो रबैयाको भत्सर्ना गर्दै यस्तो हर्कत अब नादोर्हयाउन प्रहरी प्रशासनलाई गम्भीरतापुर्बक आग्रह गरेका छन । उनले नागरिक समाज, मानव अधिकारबादी सबैलाई गैर न्यायीक गिरफ्तारी,धरपकड र खानतलासी विरुद्ध आवाज उठाउन पनि अनुरोध गरेका छन ।
आफुलाइ लोकतन्त्रको पक्षपाती दाबी गर्ने प्रहरी प्रशासनबाट दमन र धरपकड गर्नुले कथित लोकतान्त्रिक व्यवस्थाको मुकुन्डो फेरि उदाङ्गो भएको उनले आरोप समेत लगाएका छन ।