काठमाडौं, वैशाख २ गते ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो । बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । खड्कालाई सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय सुनाइएको छ ।
आजकै कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोकत्वको समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउने भनिएको छ ।
कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनका घटनाका जाँचबुझ गर्न बनेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो ।
यही प्रतिवेदनका आधारमा कांग्रेसले कार्की आयोगको प्रतिवेदनबारे आफ्नो धारणा बनाउने भनिएको छ ।





