द पब्लिक टुडे समचारदाता
बर्दिबास, चैत्र १३ गते ।
मापदण्ड विपरित रातु खोलाको फेरी उत्खन्न भएपछी गाउँलेहरु त्यसको विरोधमा उत्रिएका छन् । महोत्तरीको बर्दिवास नगरपालिकास्थित रातु खोलामा अबैध उत्खनन् गरिरहेका २४ वटा टिपर र डोजर स्थानीयले नियन्त्रणमा लिएका छन् । एक महिना अघि जनदवावपछी रोकिएको दोहोन फेरी सुरु भएको छ ।
अवैध उत्खनन् नरोकिएपछि बर्दिवास नगरपालिका–६ किसाननगरका बासिन्दाले बस्ती नजिकैको रातु खोलामा बालुवा र ढुङ्गा उत्खनन् गरिरहेका १३ वटा टिपर ओसार्न प्रयोग भएको ११ वटा डोजर मंगलबार विहान नियन्त्रणमा लिएका हुन् ।
बर्दिबास नगरपालिकाले चार वटा प्याकेजमा रातु खोलाको ठेक्का लगाएको छ । वातावरण परिक्षण रिपोर्ट अनुसार तीन फिट खनेर मात्रै वालुवा गिट्टी झिक्नु पर्ने हो । तर, ठेक्केदारहरुले रातीमा चोरेर १० फिट सम्म खनेर नदीजन्य समाग्रीको ढुवानी गरिरहेको किसाननगरका कांग्रेस नेता विन्देश्वर साहले जनाए ।
‘खोला उत्खन्नमा चरम लापरवाही भइरहेको छ । जनप्रतिनिधिले खासै मतलब राखेको छैन,’ नेता साहले भने, ‘रातभरी खोला खनेर ढुवानी गरिने टिपरको आवाजले स्थानीय सुत्न सकेका छैनन् ।’
अवैध रुपमा भइरहेको रातु खोला दोहनको विरुद्धमा महोत्तरीको बर्दिबासका स्थानीय आन्दोलित भएका छन्। खोलाको दोहोन रोक्न साताअघि बर्दिबास नगरपालिकालाई स्थानीयले जानकारी गराएका थिए । तर, नगरपालिकाले कुनै ध्यान नदिएपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् ।
क्रसर सञ्चालकले नदीमा मापदण्ड विपरित गहिरो खाल्टाहरु खनेर अनियन्त्रित दोहन गरेकाले स्थानीयहरुले साधनहरु नियन्त्रणमा लिइएका छन् ।
बस्ती नजिकको रातु खोलाको तटबन्धको छेउमै ठूलाठूला खाल्डा बनाइएको छ । अब वर्षा हुने भएकोले बस्तीमा बाढी पस्ने र बसोबास नै जोखिमका रहेको स्थानीय मनोज खत्रीले बताए ।
चौलिखा बस्तीका सामाजिक कार्यकर्ता बिन्देश्वर साहका अनुसार किसाननगरकै आसपासमा अहिले ११ भन्दा बढी क्रसर सञ्चालनमा छन् । ती क्रसरका यान्त्रिक साधनहरु (मेसिन, गाडी) ले मध्यरातपछि बिहानसम्म खाल्डा खन्ने र बालुढुङ्गा अन्त पु¥याउन प्रयोग हुने गरेको उनले बताए ।
नदीमा अनियन्त्रित दोहन बढ्दा बस्तीमा तटबन्ध भत्केर बाढी पस्ने खतरा बढेको, नदीमा सुख्खा खाल्डा बढ्दै जाँदा इनार र अन्य जलाधारक्षेत्रका खानेपानीका मुहान सुक्दै गएका कृष्णपुरकै सामाजिक कार्यकर्ता इन्द्रबहादुर शाहीको भनाइ छ ।
स्थानीय बासिन्दाले जिल्लाका प्रशासक, जिल्ला समन्वय समितिका संयोजक र बर्दिवास नगरपालिकाका प्रमुख नआउञ्जेल नियन्त्रणका यन्त्र नछाडिने बताएका छन् ।
यता जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले उत्खनन्को अवस्था अनुगमन गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीयतहका जनप्रतिनिधिको टोली पुग्ने बताए । मापदण्ड विपरीत उत्खनन् गर्नेलाई कानुनी कारबाही गरिने उनले बताए । जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खन्नमा रोक लगाउनुका साथै अबैत्र क्रसरहरु बन्द गराएको थियो ।
बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले ठेक्केदारले तीन फिट भन्दा गहिरो कुनैपनि हालतमा खन्न नपाउने बताए । उनले भने,– ‘मापदण्ड मिच्नेलाई कारवाही हुन्छ ।’
अबैध उत्खनन् रोक्ने जिम्मेवारी जिल्ला समन्वय समिति छ । तर, उसले गरेको अनुगमन प्रभावकारी छैन । पहिले जिल्ला विकास समितिले रातु नदी ठेक्का लगाउथें । चालु आर्थिक वर्ष २०७५÷०७६ बाट खोलाको ठेक्का लगाउने जिम्मा स्थानीय सरकारको मातहतमा आएको छ ।
चालु आर्थिक बर्षका लागि किसानगरदेखि पथलैया सम्मको पाँच हजार एक सय ७३ मिटर दुरीबाट नदीजन्य समाग्री निकालन बर्दिबास नगरपालिकाले खोलाको ठेक्का लगाएको हो । उसले भ्याट बाहेक पाँच कारोंड २९ लाखमा रातु खोलाको ठेक्का लगाएको छ ।
ठेक्का अनुसार जेष्ठ मस्तान्त भित्रमा ठेक्केदार कम्पनिले खोलाबाट, बालुवा, गिट्टी, ढुङ्गा झिक्न पाउने सम्झौतामा उल्लेख छ । किसानगर, जुरेटोल, फूलबारीटोल र पथलैया गरि चार सेक्सनबाट जम्मा तीन लाख २४ हजार घनमिटर नदीजन्य समाग्री मात्र निकाल्न उपयुक्त रहेको वातावरण परिक्षा रिपोर्ट देखाएको छ ।
रातु खोलाको किसाननगर र जुरेटोल खण्ड कमलामाई वालुवा गिट्टी प्रसोधन केन्द्र कर्जन्हा सिरहाले ठेक्का लिएको छ । उसले दुवै खण्ड २ करोड २९ लाखमा ठेक्का लिएको हो ।
त्यसैगरि फूलबारीटोल र पथलैया खण्डको ठैक्का व्याहुत निर्माण सेवा जलेश्वर, महोत्तरीले तीन करोडमा पाएका हुन् ।
खोलाको ठेक्काबाट आएको जम्मा आम्दानीको ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने छन् भने ६० प्रतिशत स्थानीय सरकारले पाउने छन् ।
ठेक्केदारहरुको बदमासी र सरोकारवला निकायहरुको फितलो अनुगमनले मापदण्ड विपरित उत्खन्न भइरहेको हो ।दशक अघिदेखि हुँदै आएको नदीको दोहोन यथावत छ । ठेक्केदारको कमाउ धन्दामा सरोकारवला प्रभावित बन्दा रातु खोलामा जथाभावी नदी दोहन हुने क्रम फेरि दोहोरिएको हो । जथाभावी दोहोनले बर्सेपिच्छे खोलाले बहाव फेरिँदै आएको छ ।
बर्दिबास, किसाननगर, पशुपतिनगर, भंगहा, हत्तिसर्वाका हजारौं किसानको सयौं विघा जग्ग कटान गरेर बगर बनाइदिएको छ । खेती योग्य जमिन खोलाले निलेपछी किसान विदेशिएका छन् । विदेशको कमाइले अन्न किनेर खान बाध्य भएको पशुपतिनगरका किसान अनिलकुमार महतो बताउँछन् ।