नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अर्थमन्त्रीको आग्रह

काठमाडाैं, चैत्र १५ गते । अर्थमन्त्री डा‍‌‍. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

राजधानीमा सुरू भएको दुई दिने  लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री खतिवडाले नेपालेको कर प्रणालीलाई वैज्ञानिक बनाउँदै लैजाने र कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको भन्दै लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन्।  

नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै उनले सरकार द्रूत आर्थिक विकासको लक्षयसहित अघि बढ्न चाहेको बताए। शुक्रबार सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ। सम्मेलनमा सहभागी हुन ४० बढी देशका ६०० भन्दा बढी विदेशी लगानीकर्ता आइपुगेका छन्।