• The Public Today
  • प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता


    काठमाडाैं, चैत्र २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग  भेटवार्ता गरेका हुन् ।

    प्रदेशमा भोगिरहेका समस्याबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा भेला भएका हुन् । छलफलमा मुख्यमन्त्रीहरुले खेपिरहेको समस्या एकमुस्ट सुन्न र समाधानका लागि पहल गर्ने मनसायका साथ प्रधानमन्त्रीले सामूहिक छलफलको आयोजना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति


    प्रतिक्रिया दिनुहोस