आपद्का बेला एक हुने नेपाली संस्कृति : संयोजक भण्डारी

द पब्लिक टुडे समाचारदाता-
बर्दिवास, चैत्र २२ गते ।
राजपा नेपालका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले अप्ठ्यारो र विपतलाइ एक भएर सामना गर्ने नेपालीको खास परिचय भएको बताउनु भएको छ । बिहीबार गृह जिल्ला महोत्तरी पुग्नु भएका संयोजक भण्डारीले भङ्गाहा नगरपालिका–६ गणेशचोक जमुनिंयाँमा पार्टी कार्यकत्र्ता र सर्वसाधारणलाइ बारा र पर्साका हावाहुरी पीडितको सहयोगार्थ अभियानमा लाग्न अपिल गर्दै सो कुरा बताउनु भएको हो ।

“हाँमीबीच फरक÷फरक राजनीतिक बिचार र मान्यता छन्” महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य पनि रहनु भएका संयोजक भण्डारीले भन्नुभयो–, “तर, दुःख र आपत्का बेला एकभएर त्यसको सामना गर्ने हाम्रो संस्कृति छ ।” नेपालको जुनसुकै भेगमा बस्ने नेपालीलाइ परेको चोटले सबै नेपालीलाइ आहत बनाउने र यस्तो बेला आपसी सहयोग र सद्भाव बढाउनु कत्र्तब्य र दायित्वभित्रको कुरा भएको भण्डारीको भनाइ थियो ।

आफू संयोजक भएयता पार्टी (राजपा नेपाल) को एकता महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको भण्डारीले बताउनुभयो । छवटा राजनीतिक दलबीच भएको एकिकरणलाइ अझै साङ्गठनिक रुपमा दुरुस्त गर्न नसकिएको स्वीकार गर्दै भण्डारीले महाधिवेशनले यसलाइ दुरुस्त गराउने स्पष्ट गर्नुभयो । राजपा नेपाल सैद्धान्तिक रुपमा मुलुकका सबै भेगका उपेक्षित र अवसरबाट वञ्चित जनताको पक्षमा रहेपनि पार्टी सङ्गठनलाइ राष्ट्रिय रुप दिन अझै बाँकी रहेको भण्डारीको भनाइ छ ।

मुलुकको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै संयोजक भण्डारीले सङ्घीय सरकार सबैलाइ समेटेर अघि बढ्नुको साटो बहुमतको सरकार चलाउन उद्यत रहेको बताउनुभयो । देश सबैको हो, सबैले सम्मानपूर्वक बस्न र राज्यप्रदत्त अवसरको उपयोग गर्न पाउने अवस्था सरकारले तयार गर्नुपर्ने भण्डारीको कथन थियो । सो अवसरमा राजपा नेपालका नेता एबम् प्रदेशसभा–२ का सदस्य जयनुल राइन र भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहसहितको उपस्थिति थियो ।

Scroll to Top