काठमाडौं, साउन ९ गते ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई वटा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको छ ।
जसमा अन्य पाँच वटा प्रदेशको नेतृत्व लिनेबारे सहमति भएको थियो । यद्यपि गण्डकी र मधेश प्रदेशको भने टुंगो लागेको छैन ।
लिखित सहमति अनुसार, ती प्रदेशहरूमा प्रदेशसभा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीताको स्वरुप तयार गरिनेछ ।
नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो ।
सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।





