रसुवास्थित भोटेकोशी नदीमा ईभी गाडी खस्यो, चालकसहित बेपत्ता



काठमाडौं, साउन ९ गते ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा सडकबाट भोटेकोशी नदीमा खसेर एक ईभी गाडी चालकसहित बेपत्ता भएको छ । शनिबार साँझ ५ः४० बजेतिर स्याफ्रबेँसीबाट धुन्चेतर्फ आउन लागेको अनटेस्ट ईभी गाडी एकाएक सडकबाट खसेको हो ।

उक्त गाडी खसेको भिडिओ चिलिमे जलविद्युत् केन्द्रको सीसीटीभीबाट कैद भएको थियो । सो भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उक्त गाडीका चालकको पहिचान अहिलेसम्म खुलिसकेको छैन । इन्स्पेक्टर डिल्लीराज सापकोटाका अनुसार अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसहितको टोलीले गाडी र चालकको खोजी गरिरहेको छ ।

उनले गाडीमा चालक मात्रै सवार रहेको जानकारी प्राप्त भएको बताए ।

Scroll to Top