सार्क एजुकेशनको व्यवस्थापनमा गौशाला एकेडेमी सञ्चालन

द पब्लिक टुडे समाचारदाता
गौशाला, चैत्र २३ गते ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नैतिक र व्यवाहारिक शिक्षाले मात्र सभ्य समाज निर्माण हुने बताएका छन् । शिक्षामा आएके विकृतीले असमाजिक तत्वहरु हावी भएछ, उनले भने , ‘सभ्य समाज र विकासकालागि प्राविधिक, नैतिक र व्यवहारीक शिक्षा आवश्यक छ ।’ स्थानियस्तरमा आय आर्जन हुने किसिमको शिक्षा प्रदान गर्न महतोले निजी तथा सामुदायिक विद्यालयलाई आग्रह गरे ।

गौशालामा शनिवार गौशाला एकेडेमीले आयोजना गरेको विद्यालय संचालनसम्बन्धि अन्र्तक्रिया कार्यक्रममा महतोले समय अनुकुलको शिक्षामा जोड दिए । गौशाला एकेडेमिले बजारमा माग अनुसारको शिक्षा दिनेमा उनले विश्वास व्यक्त गरे ।

गौशाला एकेडेमीका प्रमुख मनोजकुमार महतोले महोतरीमा फरक शैलिबाट पठन पाठन हुने बताए । गौशालाकालागि मात्रै नभएर जिल्लामै फरक शिक्षाण पद्धति अपनाएर कक्षा सञ्चलन गर्ने छौ, गौशाला एकेडेमिका प्रमुख महतोले भने, ‘स्थानिय स्तरमा अन्र्तष्ट्रिय स्तरको अध्ययन सम्भव छ । गौशालामा प्रविधिको प्रयोग गरी अन्र्तष्ट्रिय स्तरको पढाइ आरमभ भएको छ ।’

काठमाण्डौको अनुभव गौशालाका वालवालिकाहरुको शिक्षामा लागु गर्न गौशाला एकेडेमी सञ्चालन गरीएको उनले बताए । सस्तो र भरपर्दो ढंगले शिक्षा प्रदान गर्न गौशाला एकेडेमीको स्थापना भएको छ, महतोले भने । वालवालिकाहरुलाई शिक्षित बनाउनका लागि नाफा मुलुक नभई सेवा मुलुक संस्थाको रुपमा गौशाला एकेडेमीको स्थापना गरिएको सञ्चालकले जनाएको छ । सार्क एजुकेशन फाउन्डेसनको व्यवस्थापनमा गौशाला एकेडेमी सञ्चालन भएको हो । एकेडेमिमा आवद्ध शिक्षकहरुको शिक्षण तालिमको समेत शुभाराम्भ भएकोे छ ।

खुल्ला विज्ञापन मार्फत नियुक्त भएका शिक्षकलाई विज्ञहरुबाट तालिम दिएर नया शैक्षिक सत्र देखि विद्यालय सञ्चालन हुने सञ्चालक इन्जिनिएर रंजित बर्माले बताए । काठमाडौको शिक्षा गौशालामा प्रदान गर्न एकेडिमिलाई विद्यार्थी उपलब्ध गराएर सहयोग गर्न बर्माले अभिभावकलाई आग्रह गरे ।