• The Public Today
  • पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु


    मलंगवा, चैत्र २७ गते । सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्लाको हरिवन नगरपालिका–४ सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो ।

    नागेन्द्र चौधरीले संचालन गरेको गोल्ड इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

    मंगलबार दिउँसोदेखि बेपत्ता परेकी बालिका राति अबेर पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । इँटा उद्योगमा कार्यरत मजदुरले खाल्डोमा जमेको पानीमा बालिकाको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इँटा बनाउनका लागि माटो निकालेर बनेको खाडलमा जमेको पानीमा बालिका डुबेको प्रहरीले जनाएका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत दुबै बालिकाको बुवा रोजगारीको शिलशिमा बैदेशिक रोजगारीमा छन् ।


    क्याटेगोरी : समाज


    प्रतिक्रिया दिनुहोस