व्यवसायिक छलफलमा बर्दिबास उद्योग वाणिज्य संघ



द पब्लिक टुडे
बर्दिबास, साउन १२ गते ।

बर्दिबास उद्योग वाणिज्य संघले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेको छ । संघको आयोजनामा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको सहभागितामा व्यवसायिक छलफल गरिएको हो ।

छलफलमा बार्दिबास क्षेत्रका अस्पताल, क्लिनिक, पोलिक्लिनिक, डायग्नोस्टिक सेन्टर, फार्मेसी, मेडिकल तथा सर्जिकल सप्लायर्सलगायत स्वास्थ्य सेवा क्षेत्रमा आबद्ध व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपाय, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा चुनौतीहरू, नियामकीय विषयहरू, व्यवसायिक हकहितको संरक्षण, सेवा गुणस्तर अभिवृद्धि तथा आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा खुला र रचनात्मक छलफल भएको बताइएको छ ।

सहभागी व्यवसायीहरूले राखेका सुझाव, अनुभव र धारणालाई संघले आगामी योजना तथा सम्बन्धित निकायसँगको समन्वयमा प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संघले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरूलाई एकीकृत गर्दै व्यवसायिक वातावरण सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा साझा हितका मुद्दाहरूमा निरन्तर सहकार्य र पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

Scroll to Top