शिक्षामा फडको मार्न मातृभाषमा अध्यापन जरुरी : थापा

विवेक कुमार महतो
बर्दिबास, चैत्र २८ गते ।
विद्यालयमा कक्षा कोठाको अभाव अन्त्य हुन लागेपछि महोत्तरीको बिजलपुरा चल्कीका विद्यार्थीहरुमा खुशियाली छाएको छ ।

बर्दिबास नगरपालिका–१२, चल्की स्थित नेपाल राष्ट्रिय नारायणी आधारभुत विद्यालय चल्कीमा महोत्तरी क्षेत्र नम्वर १ (क) प्रदेशसभा सदस्य सारदा देवी थापाले भवन शिल्यानास गरेकी छिन ।
बुधबार बर्दिबास नगरपालिका– १२ मा पर्ने सो विद्यालयमा सांसद विकास कोषबाट भवन निर्माण हुने पछि शिल्यानास गरिएको हो । विद्यालयको प्राङ्गनमा कक्षकोठाको अभाव कारण कोठा पाउँदा विद्यार्थीहरु खुशियाली मनाउदै प्रमुख अथिति थापालाई माला लगाई स्वागत गरेका थिए ।

उपभोक्ता समितिका अध्यक्ष कल्पराज कोईरालाको अध्यक्षतामा सम्पन्न शिल्यानास कार्यक्रममा प्रदेश सभा सदस्यले सरकाले शिक्षमा फडको मार्न मातृभाषमा अध्ययन अध्यापन शुरु गर्नुपर्ने बताइन् । अहिलेको अवस्थामा बर्दिबास नगरपालिकामा आफुले चाहेको विषय पढनलाई कतै जानु पर्दैन, बर्दिबासलाई शिक्षाको हव बनाउनको लागि शिक्षा नीति र शिक्षा मन्त्री सफल भएको बताईन् । उनले विद्यार्थी भाईबहिनीहरुलाई शिक्षाको उचाईसम्म पु¥याउन अभिभावक र शिक्षकहरु कमर कसेर लाग्नुपर्नेमा जोड दिइन् ।

विद्यार्थीहरुलाई अध्ययन अध्यापन गर्न गराउन कोठा अभावका कारण केही बजेट यसपालि र केही बजेट अर्को पटक गरी सहयोग गर्न आफू तयार रहेको बताईन । सामुदायिक विद्यालयमा छात्र भन्दा छात्रा बढी उपस्थित हुने भएकोले अत्यनत खुःशी लागेको समाचार द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top