नाटकले वर्तमान र भविष्य देखाउँछ : प्रधानमन्त्री

File Photo


काठमाडौँ, १४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नाटक महोत्सवको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।”

सरकारले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको जनाउँदै उहाँले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्णरूपमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा नाटकको भविष्य राम्रो छ । चाहे नाटक लेखनी क्षेत्रमा होस् वा अभिनय गर्नेको क्षेत्रमा वा दर्शकको क्षेत्रमा पनि यसको भविष्य राम्रो छ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीसहित १२ स्रष्टालाई सम्मानका साथै जोशीले लेखेको ¬‘सुनकेसरी’ पुस्तकको विमोचन गर्नुभएको थियो । रासस

Scroll to Top