संघियता टिकाउन आफ्नो पार्टी सरकारमा : राज्यमन्त्री यादव

 

रामबाबु यादव–
गौशाला, वैशाख ४ गते ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले संघियता टिकाउनको लागि आफ्नो पार्टी सरकारमा रहेको बताएका छन् ।

मंगलवार महोत्तरीको गौशालामा संघीय समाजवादी फोरम नेपालको नगरस्तरीय पार्टी कार्यालयको उद्घाटन तथा प्रथम नगरअधिवेशनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै राज्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।

संविधान संशोधन ठूलो कुरा नभई संविधानमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्नु नै मुख्य कुरा रहेकोले आफ्नो पार्टी सरकारलाई समर्थन गरि संघियता बचाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको मन्त्री यादवले बताए ।

संघियता कायम गरिएको अवस्थामा केन्द्र सरकारले शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण कार्यालय आफ्नो मातहतमा राखिएकोले स्थानिय तहलाई कार्यसम्पादन गर्नका लागि मुस्किल भएको राज्यमन्त्री यादवले बताए ।

एक अर्को प्रसंगमा राज्यमन्त्री यादवले स्वास्थ्य विमालाई सार्थकता प्रदान गर्नका लागि स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्नका लागि सरकार लागि परेको बताए । महोत्तरीमा ६३ स्वास्थ्य केन्द्र र ९ वटा अस्पताल स्थापना गर्ने तयारी भईरहेको उनले बताए ।

गौशाला पार्टी प्यालेसमा जारी नगरअधिवेशनमा जिल्ला अध्यक्ष रामनरेश राय यादव, केन्द्रिय सदस्य रामदरेश यादव, राजनारायण यादव, लक्ष्मी महतो, विनाद महतो लगायतका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए । यो समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top