बिस्केटको अन्तिम दिन रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ९ जना घाइते

भक्तपुर, बैशाख ६ गते । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा भक्तपुर नगरपालिका १३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भक्तपुर नगरपालिका – १ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घर भई भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देउपुर नपा–२ देउपुर घर भई भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ्ग, भक्तपुर नगरपालिका–६ इताछे बस्ने १८ वर्षीय मनिष कासुला, भक्तपुर नगरपालिका – २ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् । त्यस्तै, रथबाट खसेर भक्तपुर नगरपालिका ५ चोछेका ३० वर्षीय पूण्यराम सितिखु घाइते भएका छन् ।

Advertisement

रथलाई सुकुलढोका पुर्‍याएपछि सामान्य ढुङ्गाहानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । केही ढुङ्गाहानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको उहाँले जानकारी दिनुभयो ।

बिहीबार साँझ ५ बजे गःहिटीबाट तान्न सुरु गरिएको रथ घरमा ठोक्किए पछि ढुङ्गा हानाहान भएको हो । स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुन: रथ तान्न सुरु गरिएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पुर्याइएको थियो । बिहान ४ बजे वंंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो । 

रथ तान्ने क्रममा घाइते भएकाहरुको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 

Scroll to Top