बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा ध्यान दिन मानव अधिकार आयोगको अपिल



काठमाडौं, भदौ १० गते ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार र पुनःस्थापनाको ध्यान दिन राष्ट्रिय मानव अधिकार आयोगले अपिल गरेको छ । आयोगले बुधबार दिउँसो विज्ञप्ति जारी गरी घटनाप्रति दुःख प्रकट गरेको हो ।

‘ठूलो सङ्ख्यामा नागरिक, सुरक्षाकर्मी, कर्मचारी, आन्तरिक तथा बाह्यय पर्यटकहरूको मृत्यु भएको, कैयौँ व्यक्तिहरु बेपत्ता तथा घाइते भएको एवं भौतिक संरचनामा ब्यापक क्षति पुगेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

उद्धार तथा पुनःस्थापनाको कार्यमा आ(आफ्नो स्थानबाट योगदान गर्न नेपाल सरकार, राजनैतिक दल, कर्मचारीहरु, आम नागरिक, सुरक्षाकर्मी सवैमा आयोगले अपिल गरेको छ ।

Scroll to Top