• The Public Today
  • अटेरी कर्मचारीलाई बर्खास्त गर्ने तयारी


    गौशाला, वैशाख ९ गते : समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन एने २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्नेसम्मको कारबाही गर्ने तयारी भएको छ ।

    मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो पोख्ने कर्मचारीमध्ये करिब दुई हजार कर्मचारीको मात्र गुनासो सुुनुवाइ हुने स्थिति छ। बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ।’ त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिनभित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारी बताएको समाचार नागरिक दैनिकमा छ।

    कर्मचारी समायोजन ऐन २०७५ मा समायोन भएका कर्मचारी बाटोको म्यादबाहेक २१ दिनभित्र हाजिरी गर्नुपर्ने व्यवस्था गरिएको छ। समायोजन गरिएका कर्मचारीमध्ये करिब एक चौथाइ कर्मचारी अटेरी देखिएका छन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस