• The Public Today
  • विप्लव समूहबाट नाम हटाउन प्रहरीमा निवेदन


    बझाङ, बैशाख १४ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध  केही व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

    केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए ।

    त्यस्तै दुर्गाथली गाउँपालिका–७ का २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लव समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।  प्रहरीमा निवेदन पेश गरेपछि उहाँहरुको नाम अभिलेखबाट हटाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

    प्रहरीले जिल्लाका उक्त समूहमा आबद्ध हुनेमाथि निगरानी बढाएको छ। पछिल्लो समयमा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए । रासस



    क्याटेगोरी : मुख्य समाचार, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस