सेनाको अगुवाइमा बजार सरसफाई

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फागुण १८ गते ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा धनुषाको महेन्द्रनगर बजार र दुर्गामन्दिरको सरसफाई गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगर स्थित रहेको नेपाली सेनाको गोरखनाथ गणको आयोजनामा शनिवार विहान सरसफाई गरिएको हो ।

गोरखनाथ गणका गणपति भोला पाण्डेको नेतृत्वमा भएको महेन्द्रनगर तरकारी बजार र त्यही रहेको दुर्गा मन्दिरको सरसफाई कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका नगरप्रमुख योगेन्द्र पजियार, सेनानी देवी भुषाल लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गंगोत्री स्कुलका शिक्षक तथा विद्यार्थी, खेलाडी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार