• The Public Today
  • सर्लाहीमा गाेली हानी एकजनाकाे हत्या


    द पब्लिक टुडे समाचारदाता
    सर्लाही, फाल्गुण १९ गते ।

    सर्लाहीको मलंगवामा शनिबार राति गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका  मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

    घरमै भएका यादवलाई राति ९ बजे तिर कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत शरीरमा पाँच गोली लागेको छ । राती अबेरसम्म  घर नफर्किएपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको  हो ।

    सडकको  ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र  भट्टराईले जानकारी दिए । हत्याको बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस