बाजा बजाउँदै विद्यार्थी भर्ना अभियान

dav

द पब्लिक टुडे समाचारदाता
जलेश्वर, वैशाख १६ गते ।

महोत्तरीमा विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई स्कूल भर्ना गराउन बाजागाँजा घनकाउँदै जुलुस निकालिएको छ । जिल्लाको श्री राम माध्यमिक विद्यालय मटिहानीमा विधार्थी भर्ना अभियान—२०७६ अन्तर्गत बाजागाँजाका सहित स्कूल भर्ना अभियानलाई नयाँ तरिकाबाट प्रचार प्रसार गरिएको मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले जनाए ।

विद्यार्थी भर्ना अभियान सफल पारौं भन्ने मुल नाराका साथ बाजागाँजाको धुनमा भर्ना अभियानको प्रचारप्रसार गरिएको हो । हाम्रो नगर, हाम्रो गाउँ ः सबै बालबालिकाहरुलाई विद्यालय पु¥याऔं भन्ने मर्मका साथ स्कूले बालबालिका, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताहरुले हातहातमा जनचेतनामुलक प्लेकार्ड सहित मटिहानी नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

वि.स. २००९ सालमा स्थापना भएका सो विधालयमा हाल १ हजार ६ सय विधार्थी रहेका छन् । विधालयमा नयाँ शैक्षिक सत्रमा ई—लाइब्रेरी, कम्प्यूटर ल्याब, स्मार्ट कक्षा लगायतका सुविधाहरूबाट पठन पाठन भइरहेको छ ।

sdr

Scroll to Top