• The Public Today
  • विप्लव समुहका बाजुरा इञ्चार्जसहित १० जना पक्राउ


    बाजुरा, बैशाख १७ गते ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक.,सचिव भरत थापा, महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अंगरा भण्डारी रहेका छन् ।

    विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


    क्याटेगोरी : राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस