काठमाडौं, बैशाख २० गते । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छन् । संघीय संसदको संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो ।
नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ। बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने असन्तुष्टि जनाएको छ ।