नयाँ शक्ति र फोरमबीच एकताको सहमति : यस्तो छ एकीकृत पार्टीको नाम !

फाइल फोटो

काठमाडौं, बैशाख २१ गते । नयाँ शक्ति पार्टी  नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

शुक्रबार राति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन्। भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगाइएको हो ।

एकताको सहमतिपत्रमा अहलिे केहीबेरमा भट्टराई र यादवले हस्ताक्षर गर्ने तयारी गरिएको छ । त्यसपछि आजै दुवै पार्टीको केन्दीय समिति बैठक बसेर केन्द्रीय समिति भंग गर्नेछन् । आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने पाण्डेले बताए । घोषणासभापछि नयाँ केन्द्रीय समिति गठन गरिने बताइएको छ ।