आँधी प्रभावितलाई राहत वितरण

वीरगञ्ज, बैशाख २५ गते । आँधी प्रभावित बाराको फेटा गाउँपालिका-१ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो ।

आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् । उनले हावाहुरीले घरबारबिहीन बनेका र आफन्त गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताइन् ।

नेपाल आदीवासी जनजाती महासंघ परिषद प्रदेश २ का वरिष्ठ उपाध्यक्ष कमलबहादुर पिठाकोठे मगर, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य जगत राईलगायतको टोली राहत वितरणका लागि भरवलिया पुगेका थिए ।

गत चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङक छ ।

Scroll to Top