बालक हत्या प्रकरण : हत्यारालाई अविलम्ब पक्राउ गर भन्दै प्रदर्शन

विजय कुमार सिंह
ढल्केवर, वैशाख २६ गते ।
दुधे बालकको हत्यारालाई हदै सम्मको कारवाहीको माग गरिएको छ । धनुषाको ढल्केवरका अढाई वर्षीय बालक आर्यन साहको घाँटी रेटी हत्या गरिएपछि हत्यारालाई अविलम्ब पक्राउ गर्न बुधवार ढल्केवरमा शान्तिपूर्ण ¥याली प्रदर्शन गरियो ।

मिथिला नगरपालिकामा रहेको निजी विद्यालयका विद्यार्थी तथा प्याबसनले शान्तिपूर्ण ¥याली तथाकोणसभाको आयोजना गरेको हो । सोमबार गाउँबाट अज्ञात समूहले खेल्दै गर्दा अपहरण गरेको थियो । मंगलबार उनको शव घाँटी रेटिएर घर पछाडीको बगैंचामा फेला परेको थियो । आर्यन साहलाई न्याय दिलाऊ, हत्या हिंसा बन्द गर, अपराधिलाई कारवाही गर जस्ता नारा लेखिएको प्लेकार्ड तथा ब्यानर बोकेर विद्यार्थीले ढल्केवर चौकको नगरपरिक्रमा गरेका थिए ।

¥यालीमा विनायक इ.बो. स्कुल, चिल्ड्रेन गार्डेन इ.बो स्कुल, ढल्केवर एकेडेमी ढल्केवर र न्यू होराइजन इ.बो. स्कुल बेंगाडावरका विद्यार्थी सहभागि भएका थिए । ¥याली पश्चात आयोजित कोणसभामा वक्ताहरुले विभत्सव तरिकाले हत्या गरिएका आर्यनको हत्यारालाई अविलम्व पक्राउ गरी कडा कारवाही गर्न प्रहरी प्रशासन समक्ष माग गरेका थिए ।

हत्याको कडा भत्र्सना गर्दै मिथिला नगरपालिकाकाकी उपमेयर तारा लामा बस्नेतले बालबालिकाको बढ्दो हत्या हिंसाले देशको अवस्थाले नेपाली समाजमाथि नै प्रश्न चिन्ह उठेको बताइन् । ‘जनतालाई आंतकित बनाउन कुनै गिरोह नै लागेको छ,’ उनले भनिन् ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले अवोध बालक आर्यनको हत्याले कानुनको टाडो रुपले उपहास गरेको छ । ‘क्रुरुरतापूर्ण अमानवीय उनको हत्याले प्रहरी प्रशासनलाई चुनौती दिएको छ,’ उनले भने, ‘दोषीलाई काडभन्दा कडा कारवाही गर्न कनुनी दायरामा ल्याउनु पर्छ ।’

मानवअधिकारकर्मी तथा सञ्चारकर्मी अजयकुमार साहले एकदमै दुःखद् घटना भएको र एउटा अवोध बालकको हत्या, जसले राम्रोसँग संसारै देख्न पाएका थिएनन् यस्तो यस्तो बालकको निर्मम हत्या हुनु भनेको अत्यन्तै पीडादायी भएको बताए । उनले बालबालिका माथि लगातारको हत्या हिंसाले तथा एकपछि अर्को बाल घटनाले कतै नकतै राज्य असफल भइरहेको जनाए । यसमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ सञ्चारकर्मी साहले बताए ।

यस्तै, नीजि तथा आवासिय विद्यालयहरुको संगठन प्याब्सनको मिथिला नगर इकाई समितिका अध्यक्ष भोगीलाल महतोले अवोध बालकको कुरुतापूर्वक अमानविय हत्या भएको बताए । अबोध बालकको हत्याको विरोधमा यो शान्तिपूर्ण जुलुश मात्र हो । घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाई कारबाही गर्न पनि प्रहरी प्रशासनलाई आग्रह गर्छु । होईन भने यो प्याब्सनले जिल्लामा आन्दोलन गर्ने छ, त्यति मात्र होईन यो आन्दोलनलाई हामी राज्यभरी लानेछौं, उनले भने । उनले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनलाई निश्पक्ष रुपले सहयोग गर्न स्थानीयहरुलाई आग्रह गरे । ¥याली पश्चात ढल्केवर बजारमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top