रौतहट, वैशाख २६ गते । रौतहटको इशनाथ नगरपालिका-३ बन्जरहाबाट सिमावर्ती भारतीय बजारतर्फ गाई तस्करी गरेर लैजादैै गरेको तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थामा ४० वटा गाईसहित एकजना तस्करलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार विहान ३ बजेको समयमा प्राप्त सूचनाको आधारमा खटेको प्रहरी टोलीले सिमावर्ती क्षेत्रको दशगजाबाट ४० वटा गाईसहित एक जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका-५ का ४० वषर्ीय शेख नशिर रहेको प्रहरीले जनाएको छ । ४० वटा गाईलाई डोर्याएर नेपाल भारतको बन्जरहा नाका भएर भारततर्फ लैजादै गरेको अवस्थामा नशिरलाई पक्राउ गरिएको रौतहट प्रहरीका डीएसपी नविन कार्कीले बताए ।
नियन्त्रणमा लिएका ४० वटा गाईको ४ लाख ८ हजार मूल्याँकन गरेर नशिरलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।