घर भत्किँदा ४ महिने बालकको मृत्यु

फाइल फोटो

रौतहट, वैशाख २७ गते : रौतहटमा घर भत्किँदा एक जना ४ महिने बालकको ज्यान गएको छ भने बालकका बावु आमा घाइते भएका छन्।

राजपुर नगरपालिका ८ बलुवा गोठका रामलोचन रामको घर भत्किँदा ती बालकको ज्यान गएको हो। माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार राति भत्किएको थियो।

घर भत्किँदा पुरिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको थियो। रामलोचन र उनकी श्रीमती मरछियादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिहीबार राति घर भत्किँदा पुरिएर घाइते भएका तीनै जनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो। उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ।

Scroll to Top