ब्ल्याकबोर्डमा पढाएर प्राबिधिक शिक्षा हुँदैन : शिक्षामन्त्री पोखरेल

विजय कुमार सिंह
ढल्केवर, बैशाख २८ गते ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमनि पोखरेलले ब्ल्याकबोर्डमा पढाएर प्राबिधिक शिक्षा नहुने बताएका छन् । शुक्रवार मिथिला नगरपालिका–९ बेंगाडावरस्थित सार्वजानिक माध्यमिक विद्यालयमा कृषि विज्ञान प्राविधिक शिक्षाको उद्घाटन तथा विशेष शिक्षा विद्यालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।

मन्त्री पोखरेलले भने, ‘प्राविधिक शिक्षा खेत खरिहान, कलकारखानामा लगेर पढाउनुपर्छ । ब्ल्याकबोर्डमा मात्र पढाएर प्राविधिक शिक्षा हुँदैन । प्राविधिक शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग र उत्पादनलाई समृद्धसंग जोड्नुपर्छ । हिजो सामान्य स्कुलमा जुन ढङ्गले पढाउनुहुन्थ्यो अब प्राबिधिक धारामा त्यै प्रकारले पढाएर हुँदैन ।’

अझ त्यसमाथि प्राविधिक धाराका पठनपाठनका लागि दक्ष शिक्षक र विद्यार्थीलाई प्रयोगशालाहरु चाहिन्छ उनले भने, हिजो प्राविधिक धाराका स्कुलहरु जुन ढङ्गले चलेका छन् त्यै प्रकारले म चलाउँछु भनेर हुँदैन । अतिरिक्त ढङ्गले सोच्नुपर्छ । नयाँ ढङ्गले सोच्नुपर्दछ ।’

अहिले प्रधानमन्त्रीको नेतृत्वमा हामी एउटा समृद्ध नेपाल, सुखी नेपालीको विराट अभियानमा लागेका छौं मन्त्री पोखरेलले भने, त्यो विराट अभियान त्यतिखेर मात्र सफल हुन्छ जब शिक्षालाई हामी सहि ढङ्गले अगाडी बढाउँछौं । शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । हामी देशलाई चाहिएको सक्षम उत्पादनशिल नागरिक उत्पादन गर्ने प्रक्रियामा रहेको उनले बताए ।

प्राविधिक शिक्षा खर्चिलो भएकोले गरिब विपन्न जनतालाई निशुल्क शिक्षाको प्रबन्ध गर्ने र हुनेखानेहरुबाट लिएर नहुनेलाई दिने नीति अन्र्तगत नै प्राविधिक शिक्षालाई नयाँ प्रकारले व्यवस्थापन गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए । उनले अपाङ्गता भएका वालवालिकाहरुलाई मध्यनजर गरी सातै प्रदेशमा सरकारले आपाङ्गमैत्री विद्यालयको स्थापना गरिरहेको बताए । सोहि अनुरुप प्रदेश २ मा नमुना विद्यालय अन्र्तगत सो विद्यालयमा आपाङ्गमैत्री विद्यालय भवनको शिलान्यास गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

शुक्रवार प्रमुख अतिथी शिक्षा विज्ञान तथा प्रविधीमन्त्री पोखरेल र विशेष अतिथी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले संयुक्त रुपमा बेंगाडावरस्थित रहेको सो विधलयमा कृषि विज्ञान प्राविधिक शिक्षाको उद्घाटन र विशेष शिक्षा विद्यालय भवनको शिलान्यास गरेका छन् । बाहिर महंगोमा पढ्नुपर्ने प्राविधिक शिक्षा आफ्नै क्षेत्रमा शुरुभएपछि विद्यार्थीहरू खुसी भएका छन् । कृषि विज्ञान प्राविधिक शिक्षा अन्तर्गत विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयले जनाएको छ ।

विशेष अतिथी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले संयुक्त रुपमा बेंगाडावरस्थित रहेको सो विधलयमा कृषि विज्ञान प्राविधिक शिक्षाको उद्घाटन र विशेष शिक्षा विद्यालय भवनको शिलान्यास गरेका छन् । बाहिर महंगोमा पढ्नुपर्ने प्राविधिक शिक्षा आफ्नै क्षेत्रमा शुरुभएपछि विद्यार्थीहरू खुसी भएका छन् । कृषि विज्ञान प्राविधिक शिक्षा अन्तर्गत विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयले जनाएको छ ।

विद्यालयमा आयोजित उद्घाटन तथा शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य सत्रुधन महतो, शारदा थापा, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, मिथिला नगरपालिकाका मेयर हरिनारायाण महतो, उपमेयर तारा कुमारी बस्नेत, बर्दिवास नगरपालिकाका मेयर विदुर कुमार कार्की, बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानध्यापक, शिक्षक, विद्यार्थीलगायतको उपस्थिती रहेको समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top