प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन पहल गर्ने रास्वपाको प्रतिबद्धता



काठमाडौं, जेठ १२ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०लाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

विपक्षी दलहरूले संसद्‌मा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन् । यही मागका कारण सोमबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित भयो ।

१५ मिनेटका लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षका नेताहरू सभामुखको अगुवाइमा संवादमा जुटेका छन् । यस क्रममा प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता सत्तारुढ रास्वपाका नेताहरूले गरेका हुन् ।

प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम हुने प्रतिनिधिसभा नियमावलीमा छ । यस व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका हुन् ।

नेताहरूका अनुसार प्रतिनिधिसभाको बैठकमा सत्तापक्षले संसद बैठकमा प्रधानमन्त्रीबाट सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गर्ने विषयमा छलफल भएको छ । रास्वपाका तर्फबाट मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति घोषणा गर्ने तयारी छ ।

सत्तापक्षले प्रधानमन्त्रीका तर्फबाट हासउमा बोल्ने प्रतिबद्धता व्यक्त गर्ने र विपक्षीले सदनको अवरोध हटाउनेगरी सहमतिको प्रयास भएको छ ।

बैठक स्थगित भएपछिको बसेको छलफलमा रास्वपाबाट बुर्लाकोटी, कांग्रेसबाट प्रमुख सचेतक बासना थापा, एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृतिबाट सांसद आरेन राई र राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओली उपस्थित थिए ।

Scroll to Top