काठमाडौं, जेष्ठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना मुख्य जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भागवण्डा गरेर संयोजक र सहसंयोजक तोकेको हो।
यस्तो छ भागबण्डा–
विद्यार्थी संगठनको संयोजकमा ऐन महर (पूर्व एमाले) र सहसंयोजकमा रञ्जित तामाङ (पूर्व माओवादी)
महिला संगठनको संयोजकमा अमृता थापा (पूर्व माओवादी) र सहसंयोजकमा सीता पौडेल (पूर्व एमाले)
युवा संगठनको संयोजकमा रामप्रसाद सापकोटा (पूर्व माओवादी) र सहसंयोजकमा रमेश पौडेल (पूर्व एमाले)
मजदुर संगठनको संयोजकमा विनोद श्रेष्ठ (पूर्व एमाले) र सहसंयोजकमा जगत सिम्खडा (पूर्व माओवादी)
पत्रकार संगठनको संयोजकमा महेश्वर दाहाल (माओवादी) र सहसंयोजकमा गणेश बस्नेत (पूर्व एमाले)
बुद्धिजिवी संगठनको संयोजकमा दिनेशचन्द्र देवकोटा (पूर्व एमाले) र सहसंयोजकमा कृष्ण केसी (पूर्व माओवादी)
नेकपा एकता भएको जेठ ३ गते एक वर्ष पुग्दैछ। सोही अवसरमा आयोजित कार्यक्रममा जनवर्गीय संगठनको नेतृत्वको घोषणा गरिने छ।