सशक्त प्रतिपक्षका लागि जागरण अभियान : सहमहामन्त्री महत

बाग्लुङ, जेष्ठ ४ गते ।  नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन् ।

पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको  सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने  उनको धारणा थियो ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई  एजेण्डा बनाएर संसद्मा प्रतिपाद गरिने जानकारी दिए । 

अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट काङ्ग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उनले जनतालाई काङ्ग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश काङ्ग्रेसमय बन्ने आशा व्यक्त गरे । 

हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको  र महँगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता महतले भने, ‘सरकार प्रभाव र दबाबबाट मुक्त हुन सकेन ।’ रासस

Scroll to Top