संविधान प्रतिकूलका कुनै पनि विधेयक अघि बढाउन दिँदैनौं : बालकृष्ण खाँण

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, जेष्ठ १२ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने पनि स्पष्ट पारे । 

पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्न नेपाली काँग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैले सडकमा जान बाध्य बनाएको दावी पनि गरे । उनले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिन लागेको पनि बताए ।

प्रमुख सचेतक खाँणले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको पनि स्पष्ट पारे । 

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार