प्रधानमन्त्री ओली भारत प्रस्थान

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, जेष्ठ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका हुन् । मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्लीतर्फ गएका हुन्। दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी पनि सपथ कार्यक्रममा जानेछन् ।

प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् ।


ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार