सामसङको आधिकारिक सेवा केन्द्र जनकपुरमा

जनकपुरधाम, जेष्ठ १९ गते । दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङले प्रदेश २ को राजधानी जनकपुरमा पनि आफ्नो सेवा केन्द्र खोलेको छ । 

नेपालस्थित सामसङको प्रतिनिधि आइएमएस केयरले आफ्नो १८ औँ सेवा केन्द्र जनकपुरको भानुचोकमा सुरु गरेको हो।  आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले जनकपुरमा सेवा केन्द्रको सुरुवात भएपछि ग्राहकलाई विशिष्ठ सेवा दिनु आफ्नो उद्धेश्य रहेको बताए। ‘हाम्रा अमूल्य ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो’, उनले भने, ‘प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसङका स्मार्ट फोनका ग्राहकलाई बिक्रीपछिको सेवा दिनु हो ।’

‘हाम्रा अमूल्य ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो’, उनले भने, ‘प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसङका स्मार्ट फोनका ग्राहकलाई बिक्रीपछिको सेवा दिनु हो ।’

Scroll to Top