धनुषामा स्वयम्बरपछि बेहुली फरार, बेहुला र जन्ती अन्योलमा

File Photo
 

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फागुन २० गते ।

धनुषामा बेहुली फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् । धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी केटीको विवाह थियो । विवाहको लागि धनुषाको सबैलाबाट बेहुला सहित जन्ती आएको थियो । विवाहको मूल विधि हुनुअघि हुने स्वयम्बर राति १ बजे सम्पन्न भएपछि बेहुली आँखा छलेर भागेको ईलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए ।

उनका अनुसार बेहुली भगाउन त्यहि छिमेक टोलका केहि व्यक्तिहरुको संलग्नता रहेको छ । घटना लगतै प्रहरी टोली पुगेर फरार बेहुली र बेहुली भगाउन सहयोग गर्नेहरुको खोजी भइरहेको
प्रहरी निरीक्षक खड्काले बताए ।

बेहुली स्वयम्बरपछि अर्कै केटासंग भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ । विवाहका लागि आएका बेहुला र विवाह गराउन आएका जन्ती अन्योलमा परेका छन् ।
प्रहरी निरीक्षक खड्काका अनुसार बेहुली फरार भएपछि केटी पक्ष र केटापक्षबिच छलफल भइरहेको छ । दुवै पक्षको नाम उल्लेख गरेपछि समस्या हुने भएकाले नाम भने प्रहरीले खुलाउन मानेन् । स्थानीयका अनुसार विहे अघिदेखि नै बेहुलीको ईनरबा भन्ने टोलका एक केटासंघ प्रेम चलेको थियो ।

Scroll to Top