• The Public Today
  • मेयर नसच्चिए कडा आन्दोलन गर्ने इटहरी कांग्रेसको चेतावनी


    इटहरी, जेष्ठ २३ गते । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी नसच्चिए नेपाली कांग्रेस इटहरीले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । केही दिन अगाडि पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाच्न १ करोड छुट्याएको धम्की दिएका मेयरप्रति कांग्रेस खरो रुपमा प्रस्तुत भएको हो ।

    नेपाली कांग्रेस इटहरी नगर समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर चौधरीलाई सच्चिन आग्रह गरेको हो । इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले भने, ‘कांग्रेस विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले पत्रकारमाथि भएको अपमानको भत्सर्ना गर्दछ ।’

    कसैलाई अंगभंग गराउन एक करोड दिएको, सुपारी नै दिईसकेको र अदालत र प्रहरी कमजोरको लागि हुन् भन्दै चेतावनी दिने मेयर चौधरीका अभिव्यक्ति संविधान विपरीत रहेको कांग्रेसको ठहर छ । आफ्नो कार्यलयभित्र पत्रकारलाई लोपार्ने र कर्मचारी कुट्नेजस्ता निन्दनीय कार्य भएको कांग्रेसको बुझाइ छ ।

    मेयरले खानेपानी अध्यक्ष रामप्रसाद चौलागाँईंमाथि लागेको भ्रष्टाचार आरोपमा समेत छानबिन हुनुपर्ने कांग्रेसको माग छ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस