• The Public Today
  • लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी


    जनकपुर, असार १ – लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै एक समुहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ।

    [custom-facebook-feed]

    मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो । आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए।

    ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो। आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ।
    यसैबीच ताला करिब एक घण्टा पछि खाेलिएकाे प्रहरीले जनाएकाे छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस