पानी परेपछि पाकिस्तान र भारतबीचको खेल रोकियो

काठमाडौं, असार १ गते । विश्वकप क्रिकेटमा पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकिएको छ ।

[custom-facebook-feed]

इंग्ल्यान्डको म्यान्चेस्टरमा टस हारेर ब्याटिङ गरेको भारतले ४६.४ ओभरमा चार विकेटको क्षतिमा ३०५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

भारत निकै बलियो स्थितिमा पुगेको छ । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए । रोहितले १४० रन बनाएर आउट भए । उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गर्दै भारतलाई उकासेका थिए । त्यस्तै, विराट कोहली ७१ रनमा अविजित छन् । यता, हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए ।

बलिङतर्फ मोहम्मद अमिरले दुई विकेट लिएका छन् ।

यदी पानी रोकिएमा भारत र पाकिस्तानबीचको खेल पुनः सुरु हुनेछ । तर पानी परिरहे दुबै टिमले अंक बाँड्ने छन् ।

Scroll to Top