तराईका अधिकांश जग्गाको मालिक भारतीय : राधा ज्ञवाली

 

महोत्तरी, असार २ गते – सत्तारुढ नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका अधिकांश जग्गाको मालिक भारतीय रहेको बताएकी छन् । यसतर्फ सम्बन्धित सरोकारवालाहरुको प्रयाप्त ध्यान जान नसकेको उनको भनाइ छ ।

[custom-facebook-feed]

‘तराईका हजारौं विगाहा जमिन चौधरीको नाममा छ । ति चौधरी सबै भारतमा छन् । यसरी हाम्रो देशको ठूलो भूभागको मालिक नेपाल बाहिर छ । उनीहरुको नेपाली नागरिकता अहिले पनि छैन’, सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा ज्ञवालीले प्रश्न गरिन्, ‘अनागरिकलाई हाम्रो देशको जग्गाको मालिक हुन पाउने अधिकार हुन्छ कि हुन्न ?’

विदेशीका नाममा रहेको जग्गा नेपाल सरकारको वा जोतभोग गरिरहेका नेपाली नागरिकको नाममा ल्याउनुपर्ने उनको भनाइ थियो ।

सबै जग्गाहरुलाई एकीकृत गरी सहकारीको मोडलमा गएर जग्गाको उपभोग गर्नेतर्फ सोच्नुपर्नेमा ज्ञवालीले जोड दिइन् । एैलानी जग्गा उपभोग गर्दै आएकाहरुको हकमा पनि बसोबासको व्यवस्था गरी बाँकी जग्गा सहकारीकै मोडलमा लगेर उत्पादन बढाउनेतर्फ ख्याल गर्नुपर्ने उनले बताइन् ।

Scroll to Top